टोटेनहमको मैदानमा आयाक्सको जित

वैशाख १८, एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको सेमिफाइनल समीकरण अन्तर्गतको पहिलो लेगमा अयाक्स विजयी भएको छ । टोट्नह्यामलाई १-० ले पराजित गर्दै सेमिफाइनल समीकरणको पहिलो लेगमा अयाक्सले जित निकालेको हो ।

खेलको १५औं मिनेटमा भ्यान डे बिकले गरेको गोल नै निर्णायक बनेको थियो । पहिलो लेग जितेको अयाक्सले अब टोट्नह्यामसँग पुनः अर्को खेल खेल्नेछ ।

सो खेलमा समेत जित निकालेको खण्डमा फाइनलमा स्थान बनाउनेछ । दोस्रो लेगको खेल आयाक्सको मैदानमा मे ८ तारिखमा हुनेछ । उता, सेमिफाइनल अन्तर्गत बार्सिलोना र लिभरपुलबीच आज राति प्रतिस्पर्धा हुँदैछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.