युनाइटेड र चेल्सीको बराबरी

बैशनख १६, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष चारमा दावेदारी प्रस्तुत गर्ने टोली चेल्सी र म्यान्चेस्टर युनाइटेडले १–१ गोलको बराबरी खेलेका छन् ।

आइतबार भएको खेलमा युनाइटेड र चेल्सीले बराबरी खेल्दै अंक बाडेका हुन् । खेलको ११ औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । युनाइटेडको अग्रता लामो समय टिकेन । खेलको ४३ औं मिनेटमा मार्कुस अलन्सोले गोल गर्दै चेल्सीका लागि बराबरी गोल फर्काए । बराबरीसँगै चेल्सी ३६ खेलबाट ६८ अंक जोड्दै चौंथो स्थानमा छ । युनाइटेड ६५ अंक सहित छैटौं स्थानमा छ ।–एजेन्सी ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.