बैसाख ३, जापान। जापानमा गाडीको ठक्करबाट नुवाकोटकी एक महिलाको मृत्यु भएको छ । जापानको नागोयामा गाडीको ठक्करबाट नुवाकोटको शिवपुरी गाउँपालिका घर भएकी ममता मोक्तानको सोमबार बिहान मृत्यु भएको हो ।
मृतक ममताको माइती पर्सा हो । ममताको मृत्युपछि नागोया प्रहरीले यसबारे अनुसन्धान शुरु गरिसकेको परिवारजनले जनाएका छन् । एक महिनाअघि मात्र विवाह गरेकी ममता अप्रिल ४ मा जापान गएकी थिइन् ।
ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोंयामा होक्काईची कलेज अफ इन्फरमेशन सेन्मोन गाक्कोमा अध्ययन गर्दै आएकी ममताको कलेज जानेक्रममा साइकललाई गाडीले ठक्कर दिई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।

