चैत्र ०८, काठमाडौं । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र कुवेत गोलरहित बराबरीमा रोकिएका छन । बिहीबार राति अबेरसम्म भएको खेलामा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रह्यने । दोस्रो हाफको ६१ औं मिनेटमा कुवेतले पेनाल्टी प्राप्त पाउँदा नेपालका लागि केहि आशंका भए पनि गोल हुन सकेन । खेलको ८४ औं मिनेटमा कुवेतका गोलरक्षक पोजिसनमा नभएको अवस्थामा वैकल्पिक खेलाडी विमल रानाले गोल गर्ने मौका पाएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन।आक्रामक फुटबल खेलेको कुवेतको करिब एक दर्जन प्रहारलाई नेपालका गोलरक्षक चेम्जोङले विफल गार्दै उत्कृष्ट प्रदर्शन गरे ।
प्रशिक्षक योहान कालीनले कुवेतविरुद्ध ५ खेलाडीलाई डेब्यु दिएका थिए। उनले मिडफिल्डरद्वय रवी पासवान र सन्तोष तामाङ तथा डिफेन्डरद्वय सुरज विक र अजित भण्डारीलाई पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्ने अवसर प्रदान गरे। विमल राना पनि वैकल्पिकका रुपमा मैदान प्रवेश गरेका थिए। नेपालले दोस्रो खेल मार्च २५ तारिखमा खेल्नेछ।

