रियल भालाडोलिडमाथि रियल म्याड्रिडको शानदार जित

फागुन २७, एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । रियल भालाडोलिड घरेलु मैदानमा भएको खेलमा रियले भालाडोलिडलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

यलाई जित दिलाउनका लागि फरवार्ड करीम बेन्जेमाले दुई गरे भने राफेल भाराने र लुका मोड्रिचले एक-एक गाेल गरे । बेन्जेमाले १ असिस्ट पनि प्रदान गरे । सर्जियोको दुई गोललाई रेफ्रीले मान्यता नदिँदा म्याड्रिड भाज्ञ्मानी सावित भयो ।

खेल शुरू भएकाे २९ औँ मिनेटमा रियल भालाडोलिडले अग्रता लिएकाे थियाे । सर्जियो गुआर्डिओलाको पासमा अनुआरले गाेल गरेका थिए । त्यसअघि रुबेन अल्काराजले पेनाल्टीमा गोल गर्न नसक्दा भालाडोलिड अग्रता लिनबाट वञ्चित भएको थियो ।

भालाडोलिड अग्रता धेरै टिक्न सकेन । गोल खाएको ५ मिनेटमा नै रियलले बराबरी गोल फर्कायो । नाचोको पासमा राफेल भारानेले गोल गर्दै १-१ को बराबरीमा ल्याए ।

पहिलाे हाफ बराबरी खेलेकाे रियल म्याड्रिडले दोस्रो हाफमा तीन गोल थप्यो । ५१ औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेलमा म्याड्रिडलाई अग्रता दिलाए । त्यसको केहिबेरमा नै टोनी क्रुसको क्रसमा बेन्जेमाले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

लको ८० औँ मिनेटमा रियलका मिडफिल्डर क्यासेमिरो दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपनि रियल अर्को गोल थप्न सफल रह्यो । लुका मोड्रिचले बेन्जेमाको पासलाई सदुपयोग गर्दै रियलको जित सुनिश्चित गरे ।

यस नतिजासँगै रियलले २७ खेलमा ५१ अङ्क बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको २७ खेलमा ६३ तथा एथलेटिक्स म्याड्रिडको ५६ अङ्क छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.