यूएई सवारी दुर्घटनामा मृत्यु हुने ६ जना नेपालीलाई ७ करोड क्षतिपूर्ति

फागुन ३, काठमाडौं । वैदिशक रोजगारीको सिलसिलामा यूएईमा दुर्घटनामा परी ज्यान गुमाएका नेपालीले २३ करोड भन्दा बढी क्षतिपुर्ति पाएका छन् ।

अवुधावीमा रहेको नेपाली राजदूतावासको सक्रियतामा मंसिरदेखि माघसम्म ज्यान गुमाएका ६ जना नेपाली नागरिकका कानूनी हकदारहरुले ब्लड मनी तथा क्षतिपुर्ति पाएका हुन् ।दूतावासका अनुसार तीन महिनामा ३५ नेपालीले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । ति मध्ये ६ जनाले सबै प्रक्रिया पुरा गरेर २३ लाख १७ हजार १२० दिनार (७ करोड १४ लाख ८१ हजार ९८७ नेपाली रुपैयाँ) क्षतिपुर्ति पाईसकेका छन् । उनीहरुमध्ये ३ जनाको जनही २ लाख दिराम (१ करोड ८५ लाख ९ हजार ६९८ नेपाली रुपैयाँ) नेपाल पठाईसकिएको दूतावासले जनाएको छ । बाँकी २ जनाको भने सबै प्रक्रिया पुरा भईसकेको तर नेपाल पठाउन बाँकी रहेको छ । अन्य २९ जनाको भने विभिन्न कानूनी तथा कागजी प्रक्रिया चलिरहेको छ । धनुषाका शंकर कुमार खपाङ्गीको परिवारले १७ हजार १ सय २० दिनार (५ लाख २८ हजार १ सय ४३ नेपाली रुपैयाँ) क्षतिपुर्ति पाएका छन् । नेपालमा मृत्यु भएका कारण उनको परिवारलाई फाईनल सेटलमेन्टको लागि भन्दै उक्त रकम कम्पनीका तर्फबाट प्रदान गरिएको हो ।

उनीहरुमध्ये केहीको इन्सोरेन्स रकम प्राप्त गर्नको लागि कम्पनीले कार्य गरिरहेको, केहीको अदालतमा मुद्दा दर्ता गर्न फाईल तयार पारेर मुद्दा दर्ता गर्ने तयारी गरिएको, केहीको कागजात प्रमाणीकरणको प्रक्रिया रहेको तथा केहीको ट्राफिक प्रहरीको कोर्टको प्रक्रियामा रहेको नेपाली राजदूतावासले जनाएको छ । धनुषका सहदेव यादव, लमजुङका टुक बहादुर गुरुङ, नवलपरासीका विरबल अहिर, नवलपरासीकी लक्ष्मीमाया श्रेष्ठको सबै प्रक्रिया पुरा भएर क्षतिपुर्ति तथा ब्लडमनी पाएर नेपाल पठाईएसकिएको छ । ति मध्ये लक्ष्मीमायाको परिवारले १ लाख दिनार क्षतिपुर्ति पाएका छन् भने बाँकीले २ लाख पाएका हुन् । बाँकी सबैको प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.