पीएसजीसँग म्यान्चेष्टर २-०ले पराजित

फागुन १, काठमाडौँ । म्यान्चेस्टष्टर युनाइटेड च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग २-० ले पराजित गभएको छ । बुधबार इंगलिश प्रिमियर लिग क्लब म्यान्चेस्टष्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितका लागि प्रेस्नेल किम्पेम्बे र किलियन एमबाप्पेले गोल गरे । शुन्य स्थितीमा रहेको पहिलो हाफमा दुवै टोली उच्च प्रतिसप्रधा रहेको थियो ।

दोस्रो हाफमा २ खेलाडी फेरेको युनाइटेडका लागि कसैले गोल गर्न नसक्दा शुन्य अवस्थाको हार व्यहोर्न पुज्ञ्ो ।दोस्रो हाफको ८ औँ मिनेटमा प्रेस्नेल किम्पेम्बेले एन्जल डि मारियाको कर्नरमा हेडरमार्फत गोल गरे । योसँगै पीएसजीले अग्रता बनायो त्यसको ७ मिनेटपछि अर्थात ६० औँ मिनेटमा एमबाप्पेले अर्काे गोल गर्दै दोब्बर अग्रताका साथ यतिमै पीएसजीले आफ्नो जित सुरक्षित गर्याे । दोहोरो पहेंलो कार्ड पाएपछि पोग्बा मैदान छाड्न बाध्य भए जसका कारण अन्तिम समयमा युनाइटेड १० खेलाडीका साथ मैदानमा रह्यो । पोग्बाले अब दोस्रो लेगको खेल पनि गुमाउने छन । जोजे मौरिन्होलाई विस्थापित गर्दै प्रशिक्षक बनेका प्रशिक्षक ओले गुनर सोल्सजरको यो युनाइटेडमा पहिलो हार हो । यसअन्तर्गतको दोस्रो लेग मार्चको पहिलो साता पीएसजीको घरेलु मैदानमा हुनेछ । लिग अन्तर्गतकै अर्काे खेलमा इटालियन क्लब रोमाको घरेलु मैदानमा पोर्चुगिज क्लब एफसी पोर्टो रोमासँग २–१ ले पराजित भएको छ ।

रोमाको जितमा दुबै गोल निकोलो जानिओलोले गरेका थिए । उनले ७० औँ मिनेटमा पहिलो र ७६ औँ मिनेटमा दाेस्राे गोल गरे । पोर्टोका लागि एड्रियन लोपेजले ७९ औँ मिनेटमा एक गोल गरेका थिए । तर स्थिती अगाडि बढ्न नसक्दा खेल २-१मै सिमित रह्यो । अर्काे खेल पोर्टोको मैदानमा ६ मार्चमा हुनेछ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.