कोलम्बियाली टोलीको जिम्मा क्विरेजलाई

माघ २५, एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व सहायक प्रशिक्षक कार्लोस क्विरेज कोलम्बियाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

६५ वर्षे क्विरेजले सर एलेक्स फर्गुसनको नेतृत्वमा ओल्ड ट्राफोर्डमा २००२ देखि २००३ तथा २००४ देखि २००८ सम्म दुई कार्यकाल सहायक प्रशिक्षकका रुपमा काम गरेका थिए ।  स्पेनिस महारथी रियाल मड्रिडमा मुख्य प्रशिक्षकका रुपमा काम गरिसकेका क्विरेजको करियरमा कोलम्बिया पाँचौं राष्ट्रिय टोली हो । उनले यसअघि पोर्चुगल, संयुक्त अरब इमिरेट्स (युएई), दक्षिण अफ्रिका र इरानको राष्ट्रिय टोलीलाई मुख्य प्रशिक्षकका रुपमा नेतृत्व गरिसकेका थिए ।

कोलम्बियाली राष्ट्रिय टोलीमा क्विरेजले ६९ वर्षे अर्जेन्टिनी प्रशिक्षक जोसे पेकरम्यानलाई स्थानान्तरण गर्नेछन् । पेकरम्यानले सेप्टेम्बरमा कोलम्बियाली राष्ट्रिय टोलीसँगको सफल कार्यकालमा पूर्णविराम लगाएका थिए । २०१२ देखि लगातार कोलम्बियाली टोलीको नेतृत्व गर्ने क्रममा पेकरम्यानले टोलीलाई २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पु¥याएका थिए । गतवर्ष रुसमा सम्पन्न विश्वकपमा पनि कोलम्बिया अन्तिम १६ मा इङल्यान्डसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै घर फर्किएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.