राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा

पुस ३०, काठमाडौं। क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

पोखरा रङ्गशालामा माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रू तीन लाख ३० हजार, रू एक लाख ७० हजार र रू एक लाख द पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो प्रतियोगिताका उत्कृष्ट विधा बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, लिब्रो, प्रशिक्षकलाई जनही रू पाँच हजार र उत्कृष्ट खेलाडीलाई रू १० हजार प्रदान गरिने समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो ।

कूल रु ३८ लाख खर्च हुने सो प्रतियोगिताका लागि राष्ट्रिय खेलकूद परिषद्द्वारा रू २५ लाख गरिने बताउँदै उहाँले बाँकी रकम दर्शकलाई टिकट बिक्रीबाट सङ्कलन गरिने योजना रहेको जानकारी दिनुभयो । लिक कम नकआउटका आधारमा सञ्चालन गरिने सो प्रतियोगताको पहिलो दिन एपिएफ र प्रदेश नं १ को बीचमा हुने छ भने दोस्रो खेल प्रदेश नं ५ र प्रदेश नं २, तेस्रो खेल त्रिभुवन आर्मी क्लब र प्रदेश नं ३, चौँथो नेपाल पुलिस क्लब र गण्डकी प्रदेश, बीच हुने क्षेत्रीय खेलकूद विकास समितिका प्रमुख लक्ष्मणप्रसाद योगीले बताउनुभयो ।

दोस्रो दिन पहिलो खेल प्रदेश नं १ र सुदूरपश्चिमाञ्चल प्रदेश, दोस्रो खेल प्रदेश नं २ र कर्णली प्रदेश, एपिएफ क्लब र तेस्रो खेल सुदूरपश्चिमान्चल प्रदेश तथा प्रदेश नं ५ र कर्णाली प्रदेशबीच हुने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.