पुस २६, काठमाडौं । फ्रेन्च लिग वानको साविक बिजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार राती अप्रत्याशित रूपमा फ्रेन्च लिग कपबाट बाहिरिएको छ । बुधबार राति क्वार्टरफाईनलमा गुइनगाम्पसँग २ – १ गोलले पराजित भएपछि पीएसजी प्रतियोगिताबाट बाहिरिएको हो ।
घरेलु मैदानमा ६२औं मिनेटमा नेइमारले गरेको गोलमा पीएसजीले अग्रता लिएको थियो । तर अन्तिम १० मिनेट सम्हालिन नसक्दा पिएसजीका समर्थक निराश बनेका थिए । गुइनगाम्पले दुबै गोल पेनाल्टीमा गरेको थियो । ८१औं यनी एनुगाबकोटा र ९०औं मिनेटमा मार्कुस थुरामले पेनाल्टीमा गोल गर्दै टोलीको सेमिफाइनल यात्रा पक्का गरेका हुन् ।
बुधबारै चाडोगरि भएको खेलमा थिएरी अनरीको मोनाकोले टाइब्रेकरमा रेनसमाथी ८–७ को नतिजा निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । अन्य खेलमा लियोन स्टार्सबर्गसँग २–१ ले पराजित हुँदा बोर्डेउक्सले ले हाब्रेलाई १–० ले पराजित गर्यो । –एजेन्सी

