पुस २४, धनगढी । कैलालीको धनगढीमा आजदेखि अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ । उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर खेलिरहेका छन् ।
पहिलो हाफसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेका छन् । आयोजक सुदूरपश्चिम ११ ले केही अवसर सिर्जना गरेपनि गोल गर्न सकेको छैन । १२ टोली सहभागि प्रतियोगीताको विजेताले २१ लाख, उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल पाउने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार रुपैयाँ पाउने छन् ।

