पुस १६, काठमाडौं । एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको नेपाल शाखाले आयोजना गर्ने एभरेष्ट राष्ट्रिय खुुल्ला तेक्वान्दो प्रतियोगिता बुधबारबाट सुुरु हुने भएको छ । राजधानीमा पत्रकार सम्मलेन गरी आयोजकले प्रतियोगिता पुस १८ देखि २२ गतेसम्म नख्खुमा हुुने जानकारी दिएको हो ।
नेपाली तेक्वान्दो खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो नेपालका अध्यक्ष केशव थापाले बताए । १२ सय २ खेलाडीको सहभागिता रहने प्रतियोगितामा ४० काठमाडौंभित्र र २५ राजधानी बाहिरका डोजाङ सहभागी हुने थापाले बताए । तियोगिताको प्रथम विजेताले १ लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रोले ५० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रोले २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेल चार क्याटागोरिमा छुट्याइएको अध्यक्ष थापाले बताए । सिनीयर, जुनियर, क्याडेट र पुुम्सेमा विभिन्न तौल समूहका पुुरुष तथा महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा १२ सय दुुई खेलाडीले एक सय स्वर्ण, सय काश्य र २ सय रजत पदकका लागि खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी सबै खेलाडीका लागि एक वर्षको १ लाखको स्वास्थ्य बिमा समेत गर्ने अध्यक्ष थापाले बताए ।

