महर्जन र देवकोटालाई थाइल्याण्डमा सम्मान

पुस ११, काठमाडौं । गैरआवासीय नेपाली संघ थाइल्याण्डले थाइल्याण्डको चियाङ माइमा भएको १० औं बडी विल्डिङ्ग तथा फिजिक स्पोर्टस् च्याम्पियनशिपका स्वर्ण पदक विजेता महेश महर्जनको बधाईमा एक कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा एनआरएनए थाइल्याण्डका अध्यक्ष असाजिता अवालेले विश्वमै नेपालको नाम राख्न सफल भएकोमा महर्जनको सह्राहना गरेकी थिइन् । उनलाई सो अवसरमा २ लाख २५ हजार रुपियाँ नगद पुरस्कार पनि दिइएको एनआरएनए थाइल्याण्डले जनाएको छ ।सो रकम जुटाउनका लागि एनआरएनएका कोषाध्यक्ष कान्छा९गाबो० गुरुङ र कार्यकारी सदस्य आतिस श्रेष्ठ हरेकले १ लाख १२ हजार ५ सय रुपियाँ उपलब्ध गराएको जनाएको छ । यसैगरी एनआरएनए थाइल्याण्डले मिस युनिभर्स प्रतियोगितामा दशौं स्थानमा पुग्न सफल नेपाली मनिता देवकोटाको सम्मानमा पनि कार्यक्रम गरेको जनाइएको छ । सो अवसरमा एनआरएनए थाइल्याण्डका पूर्व अध्यक्ष खगेन्द्र ढकालले मनितालाई सम्मान गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.