बिग बासमा सन्दीपको आज दोस्रो खेल

पुस ९, काठमाडौं । बिग बास लिग क्रिकेटअन्तर्गत आज हुने खेलमा सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार्सले होबर्ट हुरिकेन्ससँग खेल्दैछ। यो खेल होबर्टको मैदानमा हुनेछ।

दुवैले प्रतियोगितामा एक एक खेल खेलेका छन्। उक्त खेल स्टार्सले हारेको थियो भने होबर्टले जितेको थियो। वर्षाले प्रभावित खेलमा स्टार्सले सिड्नी थन्डरसँग ४५ बलमा ८६ रन बनाउनुपर्ने लक्ष्य पाएपनि १५ रनले पराजित भएको थियो।

त्यस खेलमा पहिला ब्याटिङ गरेको थन्डरले एक सय ८२ रनको लक्ष्य दिएको थियो। सन्दीपले चार ओभरमा ३७ रन खर्चिएर दुई विकेट हात पारेका थिए। पहिलो ओभरमै दुई विकेट झारेका सन्दीपले अन्तिम दुई ओभरमा मात्र २७ रन खर्चिएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.