एपीएफसँग आर्मी पराजित

पुस ८, काठमाडौं । आशिष लामाले दुुई गोल गरेपछि विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अर्को विभागीय टिम नेपाली सेनाको त्रिभुुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

अखिल नेपाल फुुटबल संघ (एन्फा) को सातदोबाटोस्थित मैदानमा भएको ए डिभिजन लिगको खेलमा एपीएफले आर्मीलाई २—१ गोल अन्तरले पराजित गरेको हो । आशिषले ५६ र ८५ औं मिनेटमा गरेको गोलमा एपीएफले जित हात पारेको हो । पहिलो हाफमा आर्मीविरुद्ध बराबरी खेलेको एपीएफका लापिग आशिष लामाले बल अगाडि बढाउँदै आर्मीका रक्षकलाई छक्काउँदै गोल गरेका थिए भने अर्को गोलका लागि एपीएफका श्याम नेपालीले पास मिलाइदिएपछि ८५ औं मिनेटमा आशिषले नै मौकालाई सदुुपयोग गर्दै टिमलाई दोहोरो अग्रता दिलाएका थिए । सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो हार बेहोरेको आर्मी क्लबको अग्रपङ्ति स्टार खेलाडी नवयुुग श्रेष्ठ र भरत खवासले सम्हालेपनि एपीएफविरुद्ध जित हासिल गर्न भने सकेनन् ।

आर्मीका नवयुुग श्रेष्ठले खेलको ८६ औं मिनेटमा एक गोल फर्काएपनि दोस्रो गोल फर्काउन नसक्दा आर्मीले लिगमा दोस्रो हार बेहोर्नु परेको हो । जितसँगै एपीएफ क्लब १६ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ भने आर्मी १८ अंकसहित चौथो स्थानमा यथावत रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.