नेपाली पर्देशीको कथाबस्तुमा आधारित “दशै तिहार” म्युजिक भिडियो हेर्नुहोस्

असोज २७, काठमाडौं । नेपालीहरुको पर्व विजया दशमी तथा तिहारलाई लक्षित गरी अर्को नयाँ गीत ‘फेरि आयो दशै र तिहार’ सार्वजनिक भएको छ ।

गायक प्रदीप सुन्दासले गाएको मिठो गीतमा म्युजिक भिडियो समेत निर्माण भएको छ । उक्त म्युजिक भिडियोमा टेलि सिरियलका चर्चित कलाकार सुरबिर पाण्डित (दारीबा), कलाकार कृष्ण धिताल, निर्देशक विजय राज भुर्तेलल, आशिका राउत र गायक प्रदिप सुन्दास आफैले अभिनाय गरेका छन्

बैदेशिक रोजगारका लागि विदेशीएका नेपाली पर्देशीहरुको कथाबस्तुमा आधारित सो गीत तथा भिडियोमा पर्देशीहरुले महान चाड दशै तिहारमा घर आउन नपाउँदा त्यही बसेर साथिहरुसंग मिलेर चाडपर्व मनाउम्छन । उनिहरुको पीडा कस्तो हुन्छ भनेर देखाउनको लागि निर्देशक बिजय राज भुर्तेल र स्वयं गाएक प्रदिप सुन्दास आफैले अभिनय गरेका छन । गीतको शब्द÷ संगीत र स्वार गायक सुन्दासकै रहेको छ भने संगीत संयोजन बाबुल गिरिको रहेको छ । रामेश्वर जिरेलको छायांकन रहेको सो भिडियोमा विजय राज भुर्तेल निर्देशन तथा सम्पादन रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.