असोज २४, काठम्न्डौ । लोक दोहोरी गायक तथा सर्जक सन्तोष गिरिको दसैं तिहारको शुभकामना सहित” बजाइदेउ मादलु” बजारमा सार्बजनिक भएको छ।
पछिल्लो समयमा एकपछि अर्को विभिन्न फरक शैलीमा रचिएका गीतहरु पस्किने क्रममा नेपालीहरुको महान चार्ड बडा दशैं ,शुभदिपावलीमा सबै आफन्तजन साथीभाइ भेटघाट हुनेबेलामा हुने एकखालको खुसियाली रमाइलोपन जागरिलोपनलाई लक्ष्यित पार्दै बजार ब्यबस्थापन गरिएको गीतमा नबराज घोरासैनी, गीता देभी र सन्तोष गिरिको सुमधुर अवाजलाई सुन्न सकिन्छ भने शब्द महेश नेपाल र लालु गिरिले लेखेका हुन,लय महेश नेपालको रहेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नः९ ज्यामिरेमा जन्मिएको गायक हाल वैदेशिक रोजगारको शिलशिलामा मलेसिया रहेको छ ।उक्त गीतको म्युजिक भिडियोको निर्देशन देबेन्द्र कुवरले गरेका हुन,भने राजन चौलागाईं ,पुजा पाठक र महेन्द्र ढकालको जोड्दार अभिनय रहेको छ ।
गिरिको यो भन्दा केही समय अगाडि नि आफ्नै जिल्लालाई लक्ष्यित गरि तयार भएको गीत “सिन्धुपाल्चोक ज्यामिरे गोल्मास्थान” दर्सकको मन जित्न सफल एल्बम हुन भने ४।५ वटा गीतमा सहाकार्य गरेर बजारमा ल्याइसकेका गीतहरु गुन्जायमान छ्न गायक समाजिक सन्जाल म्यासेन्जरमार्फत संचालित सिन्धु गोल्मास्थान रोधिघरको सस्थापक अध्यक्ष हुन भने हाल सुनौलो नेपाल म्युजिक प्रा।लिमा आबद्ध भएर साङ्गितिक यात्रा अगाडी बढाउदै आएको छ ।(भिडियो)

