मंसिर ७, काठमाडौँ । ट्याक्सी चालक लोकबहादुर खत्रीले बौद्ध गेटको जेब्रा क्रसिङमा पार्किङ गरिएको अर्को सवारीसाधनका चालकलाई त्यहाँ पार्किङ नगर्न आग्रह गर्दा उनीमाथि मुक्का प्रहार गरी कुटपिट गरिएको छ ।
आइतबार बिहान ७ः ३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका घर भएका बा.२ ज. ४५०७ नम्बरका ट्याक्सी चालक लोकबहादुर खत्रीले
सडक अनुशासन कायम गर्न र जेब्रा क्रसिङ पैदलयात्रुका लागि सुरक्षित राख्न आग्रह गर्ने ट्याक्सी चालक खत्रीमाथि भएको कुटपिट भएको हो ।
सडक नियम पालना गर्न आग्रह गर्ने एक ट्याक्सी चालकलाई अर्को ट्याक्सी चालकबाटै कुटपिट हुनु सडक अनुशासन, नागरिक चेतना र व्यावसायिक मर्यादामाथिको गम्भीर प्रश्न हो । जेब्रा क्रसिङ पैदलयात्रुको सुरक्षित आवागमनका लागि हो, सवारी पार्किङका लागि होइन । नियम पालना गर्न आग्रह गर्दा हिंसात्मक व्यवहारमा उत्रने प्रवृत्तिलाई सामान्य विवादका रूपमा लिइनु हुँदैन ।
कुटपिटमा संलग्न ट्याक्सी चालक बौद्ध प्रहरीको हिरासतमा रहेको जानकारी प्राप्त भएको छ । घटनाको निष्पक्ष अनुसन्धान गरी दोषिमाथी कारवाहीको माग गरेको छ । सडक नियम पालना गर्न आग्रह गर्नु अपराध होइन । नियम सम्झाउने नागरिकमाथि हात उठाउनु कानुनी दायराभित्र दण्डनीय हुनुपर्छ । उनले भने ।

