तामाङ भाषाको गीत “आमा” को म्युजिक भिडियो सार्वजनिक

असोज २१, काठमाडौं । गायक राज कुमार दोङको स्वर रहेको तामाङ भाषाको गीत “आमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ । शब्द संगीत गायक आफ्नै रहेको उक्त गीतमा एरेन्ज बुद्ध स्याङबाले गरेका छन् ।

“आमा” गीतमै म्युजिक भिडियो पनि बनेको छ । शनिवार काठमाडौंको जोरपाटीमा एक कार्यक्रमका साथ आमा गीतको म्युजिक भिडियोमा समेत सार्वजनिक गरेको छ । सो म्युजिक भिडियोमा चर्चित नायिका चाँदानी मोक्तान, नायक तथा निर्मता अमिर दोङ र सञ्जय कुमार तामाङको मुख्य अभिनाय रहेको छ । सञ्जय कुमार तामाङले निर्माण गरिएको सो म्युजिक भिडियोको छायांकन बिक्रम मोक्तानले गरेका हुन् निर्देशन अमिर दोङको रहेको छ ।

गायक राजकुमार तामाङले गीतको बारेमा स्पष्ट गर्दै संसारमा ‘आमा’ भन्दा ठूलो केही नभएको भन्दै आमाको माया सबैभन्दा शक्तिशाली रहने उल्लेख गरेका थिए । साहित्यकार रचना मोक्तानले आमाको भुमिका सङ्गै मानव जीवनमा आमाको योगदान र आमाको मायाबारे चर्चा गर्दै स्वागत मन्तव्य गराखेकी थिईन् । सो कार्यक्रम तामाङ कलाकार संघका अध्यक्ष सन्जीव वाइबाको प्रमुख आतिथ्यतामा, लेखक, सायित्यकार, कलाकार तथा सञ्चारकर्मीहरुको उलेख्य सहभागीता रहेको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.