३ जना सवार मोटरसाइकल भिरबाट खस्यो, तीनै जनाको मृत्यु

कात्तिक २३, काठमाडौं । नुवाकोटमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ ।

सोमबार बिहान १०ः ५५ बजे बा. ९९प. ८२०२ नम्बरको मोटरसाइकल विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । मोटरसाइकल अनियन्त्रित भई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई विदुर–९ मा बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर–१३ की ३१ वर्षीया विन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.