कार्तिक २३, काठमाडौं । गागल भदौरे विकास समिति, खाँडादेवी गाउँपालिका–८, रामेछापको आयोजनामा तिहार विशेष शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम काठमाडौंमा भव्यताकासाथ सम्पन्न भएको छ ।
आइतबार बौद्धस्थित दिपज्योति ब्याङ्क्वेट, पिपलबोटमा कार्यक्रमबाट गागल भदौरेको समग्र विकास र पहिचान स्थापित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रवेशद्वार निर्माण, शिक्षा तथा स्वास्थ्य जागरण अभियान सञ्चालन र बुद्ध तथा शिवको मूर्ति निर्माण गर्ने तीनवटा महत्वपूर्ण योजना अघि सारिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कोशिष लोप्साङ वाइवा रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि नबराज थाेकरको उपस्थिति रहेको थियो। त्यसैगरी बागमती प्रदेश निर्वाचन समिति सचिव इन्द्र तामाङ, नेकपा बागमती प्रदेश सदस्य बिकेश लामा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले समितिले अघि सारेका विकासका लक्ष्यहरू प्रशंसनीय रहेको उल्लेख गर्दै ती योजनाहरू सफल बनाउन आ–आफ्नो तर्फबाट सक्दो आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस रामेछापका जिल्ला कार्यवाहक सभापति नवराज थोकरले गाउँको विकास निर्माणमा राजनीतिक दलगत स्वार्थ र गुटबन्दीभन्दा माथि उठेर युवाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले गागल भदौरे तथा रामेछापका कुनै पनि व्यक्ति वा परिवारलाई शिक्षा, स्वास्थ्यलगायत अन्य समस्या परेमा आफूलाई सम्पर्क गर्न आग्रह गर्दै समस्या समाधानका लागि सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सजना वाइबा सन्ध्या, सुमिना लो तामाङ, प्रकाश वाइबा तामाङ, जङ्गा घिसिङ र प्रेम घिसिङलगायत कलाकारहरूले आकर्षक साहित्यिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। त्यसैगरी, विकास देव योञ्जन तामाङले विशेष वक्ताका रूपमा आफ्नो विचार राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सफलता थिङ तामाङले गर्नुभएको थियो
कार्यक्रमले गाउँको बिकाश,आपसी एकता, सामाजिक सद्भाव, सांस्कृतिक पहिचान र सामूहिक विकासप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको आयोजक कमिटिका तर्फबाट नेपाली काङ्ग्रेस क्षेत्र ख का सहसचिब अमृत थोकरले ब्यक्त गर्नुभयो।
कार्यक्रममा सजना वाइबा सन्ध्या, सुमिना लो तामाङ, प्रकाश वाइबा तामाङ, जङ्गा घिसिङ र प्रेम घिसिङलगायत कलाकारहरूले आकर्षक साहित्यिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। त्यसैगरी, विकास देव योञ्जन तामाङले विशेष वक्ताका रूपमा आफ्नो विचार राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सफलता थिङ तामाङले गर्नुभएको थियो।
लुमन्ती पासा रेस्टुरेन्ट, लोकल खाना घर र Nectar Spa लगायतका संस्थाहरूको सहयोग रहेको कार्यक्रममा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम संयोजक अर्जुन थोकरको अध्यक्षतामा भएको सो कार्यक्रमले तिहारको सांस्कृतिक उल्लाससँगै जन्मभूमिको विकास, सामाजिक एकता, आपसी सद्भाव र सामूहिक उत्तरदायित्वको महत्वपूर्ण सन्देश दिएको छ।

