कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज बिहीबार गर्न लागेको हो ।

सभापति गगन कुमार थापाले भने दसैँको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए । आज कात्तिक १२ गते दिउँसो २ बजे कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरूको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ ।

१८-२३ असोजमा सम्पन्न कांग्रेसको १५ औँ महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ । बाँकी सदस्य मनोनीत गर्न आजै केन्द्रीय समिति बैठक बस्ने तयारी छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.