नेपालका बाढीपीडितलाई ठमेल पर्यटन परिषदमार्फत सिक्किमको रु सात लाख १५ हजार सहयोग

भदौ २९, काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्दार, राहत र पुर्नस्थापनाका लागि भारतको सिक्किमबाट सहयोग प्राप्त भएको छ ।

भारतको सिक्किममा नेपालका बाढीपीडितका लागि सङ्कलन गरिएको रु सात लाख १५ हजार १०४ राहत रकम आज ठमेल पर्यटन विकास परिषद्लाई हस्तान्तरण गरिएको हो । परिषदको कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठको पहलमा उठेको उक्त रकम ठमेल पर्यटन विकास परिषदलाई हस्तान्तरण गरिएको हो । उक्त रकम संकलनका लागि भुटियाको महत्वपूर्ण भूमिका रहेको थियो ।

सिक्किमस्थित अर्गनाइजेसन अफ म्युजिसियन्स एन्ड आर्टिस्ट्स अफ सिक्किम (ओएमएएस) तथा डर्टी एन्जल्स मोटरसाइकल क्लब (डीएएमसी), गान्तोकको समन्वयमा गत सेप्टेम्बर १ र २ मा सङ्कलन गरिएको रकम आज ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोललाई हस्तान्तरण गरिएको हो ।

उक्त रकम सिक्किमका मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव तथा डीएएमसी र ओएमएएसका संस्थापक सदस्य छेरिङ वाङचुक लेप्चा, सिक्किम सरकारको श्रम विभागका तथ्याङ्क अधिकृत तथा डीएएमसीका संस्थापक सदस्य पेम्बा चोपेल भुटिया, डीएएमसीका संस्थापक सदस्य केशाङ नोर्गे शेर्पा, उत्तर सिक्किमको काबी–हिङ्दा निर्वाचन क्षेत्रका एसकेएम पार्टीका युवा संयोजक तथा डीएएमसीका संस्थापक सदस्य छेवाङ भुटिया र नेपाल–भारत वाणिज्य तथा उद्योग सङ्घका महासचिव राजन शर्माले हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष डंगोलले नेपालमा विपद परेको अवस्थामा सिक्किमका साथीहरुले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो  । ठमेल पर्यटन विकास परिषद्का महासचिव पशुपति कँडेलले विपद्को समयमा मानवीय संवेदनालाई आत्मसात् गर्दै सिक्किममा राहत संकलन अभियान सञ्चालन गरी सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

उहाँले नेपाल र सिक्किमबीचको ऐतिहासिक आत्मीयता, मैत्रीपूर्ण सम्बन्ध तथा जनस्तरको भावनात्मक सम्बन्धको यो सहयोग सुन्दर उदाहरण भएको बताउनुभयो । परिषद्ले उक्त राहत रकममा परिषद्बाट रकम थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.