भदौ २६, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झना तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउँदै काठमाडौंको बौद्धनाथ स्तूप परिसरमा ११ हजार १११ दीप प्रज्वलन गरिएको छ ।
अमेरिकास्थित इनलाइट फाउन्डेसनको पहलमा बुधबार साँझ आयोजित ‘नेपाल ग्लोबल पिस ल्याम्प–लाइटिङ एक्सन’ मा एक हजारभन्दा बढी स्थानीय, बौद्ध समुदायका प्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तित्व, विदेशी पर्यटक तथा स्वयंसेवक सहभागी भएका थिए ।
नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे थुप्तेन जिन्पा र इनलाइट फाउन्डेसनकी अध्यक्ष तथा संस्थापक चिनियाँ मूलकी जिउमेईले संयुक्त रूपमा मुख्य दीप प्रज्वलन गरेपछि सहभागीहरूले दीप बोकेर बौद्धनाथ स्तूपको परिक्रमा गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गेसे जिन्पाले विपद्ले ठूलो पीडा र क्षति दिए पनि त्यसले मानिसलाई एकअर्काप्रति करुणा र जिम्मेवारी महसुस गराउने बताए ।क्रममा राखिएका प्रार्थना कार्डमा एक सहभागीले विपद्मा गुमाएका २० भन्दा बढी आफाउन्डेसनकी अध्यक्ष जिउमेईले विश्व शान्तिको दीप प्रज्वलन अभियान नेपालबाट सुरु गरिएको बताइन् । नेपालबाट विश्वभर मृतकको सम्झनामा प्रार्थना गर्नुका साथै पीडितलाई सहयोग गर्नु नै करुणाको व्यवहारिक रूप भएको उनको भनाइ थियो ।
कार्यक्रममा राखिएका प्रार्थना कार्डमा एक सहभागीले विपद्मा गुमाएका २० भन्दा बढी आफन्तको नाम लेखेर उनीहरूको सम्झनामा दीप प्रज्वलन गरेका थिए । उक्त दृश्यले सहभागीलाई भावुक बनाएको थियो । इनलाइट फाउन्डेसनकी अध्यक्ष जिउमेईले विश्व शान्तिको दीप प्रज्वलन अभियान नेपालबाट सुरु गरिएको बताइन् । नेपालबाट विश्वभर मानवीय करुणा, सद्भाव र एकताको सन्देश पुर्याउने उद्देश्य रहेको उनले बताइन् ।
उनले भौतिक सहयोगको सीमा भए पनि मानिसको हृदयमा जागृत हुने करुणा र प्रेमको सीमा नहुने बताउँदै पीडामा रहेका मानिसलाई सम्झनु मात्र नभई सम्भव भएसम्म व्यवहारिक सहयोग गर्नुपर्नेमा जोड दिइन्हेका बेला दीप प्रज्वलन सुरु गरिएको थियो ।

स्वयंसेवकहरूले स्तूप परिसरमा दीप, फूल, प्रार्थना कार्ड तथा शान्ति र सद ।
साँझ वर्षापछि खुलेको आकाशमा अस्ताउँदो सूर्यको किरणले बौद्धनाथ स्तूपलाई छोइरहेका बेला दीप प्रज्वलन सुरु गरिएको थियो । स्वयंसेवकहरूले स्तूप परिसरमा दीप, फूल, प्रार्थना कार्ड तथा शान्ति र सद्भाव झल्काउने विभिन्न आकृति तयार गरेका थिए ।
अँध्यारो बढ्दै जाँदा एकपछि अर्को गर्दै ११ हजार १११ दीप बल्दा बौद्धनाथ परिसर उज्यालो बनेको थियो । सहभागी नेपाली तथा विदेशीले विपद्मा ज्यान गुमाएकाकोिउमेईले ‘हृदय सूत्र’को चिनियाँ सुलेखन कलाकृति नेपाल बौद्ध महासंघलाई हस्तान्तरण गरेकी थिइन् । आत्माको शान्तिको कामना गर्दै पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, बौद्धनाथ स्तूप विकास समिति, सञ्चार क्षेत्र तथा नेपाली समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको समेत सहभागिता थियो ।

सोही अवसरमा जिउमेईले ‘हृदय सूत्र’को चिनियाँ सुलेखन कलाकृति नेपाल बौद्ध महासंघलाई हस्तान्तरण गरेकी थिइन् । आयोजकका अनुसार उक्त कलाकृति विभिन्न संस्कृति, करुणा, बुद्धिमत्ता र विश्वशान्तिबीचको सम्बन्धको प्रतीक हो ।
लुम्बिनीमा पनि दीप
विश्व शान्ति तथा विपद्मा ज्यान गुमाएकाको सम्झनामा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि इनलाइट फाउन्डेसनको टोली र स्थानीय सहभागीले एकै समयमा दीप प्रज्वलन गरेका थिए ।

बौद्धनाथ र लुम्बिनीमा एकसाथ गरिएको दीप प्रज्वलनले करुणा, शान्ति र मानवीय एकताको सन्देश दिने आयोजकको भनाइ छ । दीप प्रज्वलनपछि अभियानलाई राहत कार्यसँग पनि जोडिएको छ ।
इनलाइटको टोलीले बाढीबाट प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री खरिद गरी बिहीबार वितरण गरेको जनाएको छ । विपद्पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय रेडक्रसलाई समेत आर्थिक सहयोग गरिएको फाउन्डेसनले जनाएको छ ।

आयोजकले दीप प्रज्वलनलाई केवल धार्मिक वा सांकेतिक कार्यक्रमका रूपमा सीमित नराखी पीडाप्रतिको संवेदनालाई वास्तविक सहयोगमा रूपान्तरण गर्ने अभियानका रूपमा अघि बढाइएको जनाएको छ ।
‘एउटा हृदयमा उज्यालो बालौँ, संसार उज्यालो पारौँ’ भन्ने सन्देशसहित गरिएको कार्यक्रमले रसुवा बाढीमा ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति मानवीय ऐक्यबद्धता प्रकट गरेको आयोजकको भनाइ छ ।

