भदौ २५, काठमाडौं । ठोरी गाउँपालिका वडा -२ मा रहेको एम ई आई (MEI schhol) स्कुलद्वारा खेलाडीहरुका लागि जर्सी हस्तान्तरण गरेको छ ।
खेलाडीको आत्मविश्वास, अनुशासन र सामाजिक नेतृत्व विकासमा सकारात्मक सहयोग पुर्याउने उद्देश्यले एम इ आइ स्कुल ( MEI School) का कार्यवाहक अध्यक्ष भिम लामाको प्रमुख आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक सञ्जीव गन्धारीको विशिष्ट आतिथ्यमा खेलाडीहरुलाइ जर्सी हस्तान्तरण गरेका हुन् ।

स्कुलले विद्यार्थीहरूको सर्वाङ्गिण विकासका साथै समाजमा रहेका युवाहरूलाई सामाजिक दायित्ववोध गराउने र सकारात्मक उर्जा प्रदान जुनसुकै कार्यक्रममा सहयोग गराउदै आइरहेको प्रधानाध्यापक गान्धारीले बताए ।

युवा दर्शन क्लबले आयोजना गरिएको चितवन स्थित माडी नगरपालिका वडा नम्बर ९ हनुमानझुला खेलमैदान भइरहेको क्लब स्तरीय नक- आउट फुटबल प्रतियोगितामा एम इ आइ स्कुलका कार्यवाहक अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि भिम लामाले रेफ्रीलाई फुटबल दिएर उद्घाटन गरेका थिए । लामाले खेलाडीहरुलाइ शुभकामना दिदै हौसला समेत प्रदान गरेका थिए ।

हरितालिका तीजको अवसर पारेर आयोजना गरिएको तेस्रो तीज कप २०८३ फुटबल प्रतियोगिता भदौ २० देखि २९ गतेसम्म खेल रहने कार्यक्रम संयोजक रुपेन प्रजाले जानकारी दिए।


