के हो पालयल्स रोग ? यसबारे डा. अनिल श्रेष्ठ यसो भन्छन्

वीर अस्पतालको हाम्रो विभागमा विशेषतः युरिनेटरी समस्या लिएर आउने धेरै छन्। खोक्दा तथा हाच्छिउँ गर्दा पिसाब चुहिने, पिसाब रोक्न गाह्रो हुने, छिटोछिटो पिसाब लाग्ने लगायतका समस्या लिएर आउँछन्।

पिसाबको संक्रमण धेरैजसो यौन जीवनमा सक्रिय भएकाहरूका पाइएको छ  महिनावरी रोकिएपछि पनि मूत्रनली सम्बन्धी समस्या आउन सक्छ। हार्मोनल परिवर्तनले संक्रमणहरू देखिन सक्छन्। पिसाब थैलीको ट्यमुर हुने पनि हुन्छ।  ४० देखि ५० वर्षका महिलाहरूमा बढी मूत्रनलीको समस्या पाइएको छ । त्यसैगरी बढी बच्चा जन्माउने, सानै उमेरमा बच्चा जन्माउने, बच्चा जन्माउँदा लामो बेथा लागेकाहरूलाई पेल्भिक इन्फ्लामेटरी डिजिज लाग्ने हुन्छ । कतिपय महिलाहरू पायल्स तथा फिस्टुलाको समस्या पनि लुकाउने गरेका छन्।

महिलाहरूमा पिसाबको नली छोटो र फराकिलो हुन्छ भने पुरुषको चाहिँ लामो र साँगुरो हुन्छ। त्यसैले पनि सरसफाइमा ध्यान दिन जरुरी हुन्छ, संक्रमण बढ्न सक्छ । एक जनाभन्दा बढी पाटर्नरसँग सम्पर्क राख्दा संक्रमणको दर बढी हुन्छ । पिसाबनलीको मुखबाट पिसाबको थैली, किड्नीहरूमा संक्रमण पुग्छ। भित्री वस्त्रहरू समयमा परिवर्तन गर्ने अनि आफ्नो यौन जीवनलाई अनुशासित तरिकाले अपनायौं भने यस्ता समस्याबाट बच्न सकिन्छ । रोग लागेको खण्डमा चाहिँ युरोलोजिस्ट र गाइनोसँग देखाइहाल्नुपर्छ।

– (युरोलोजिस्ट डा अनिल श्रेष्ठ वीर अस्पतालमा कार्यरत छन्)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.