असार २६, काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा ग्यासको सिलिण्डर पड्किदा एक जनाको मृत्यु भएको छ ।
माकलबारीस्थित सानोपुल क्षेत्रमा गाडीमा राखिएकाे सिलिण्डर पड्किदा एक पैदलयात्रीको मृत्यु भएको हो । मृतककाे पहिचान हुन बाँकी छ । उक्त गाडी काभ्रेको पनौतीबाट सिलिण्डर बोकेर त्यहाँ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलिप घिमिरेले जनआस्थालाई जानकारी दिए ।
उनका अनुसार सिलिण्डर पड्किदा छेवैमा हिँडिरहेका पैदलयात्रु गम्भीर घाइते भएकाे र उपचारको लागि अस्पताल लैजादै गर्दा प्राण त्यागेका हुन् । अहिले ग्यास कसरी पड्कियो भनेर अनुसन्धान भइरहेको एसएसपीले घिमिरेले बताए ।

