असार १८, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ ले नागरिकलाई सूचनाको पहुँचमा राख्न रणनीतिक योजनाबारे छलफल गरिएको छ ।
सूचनाको हकको प्रवर्द्धनमा स्थानीय सरकारको भूमिका विषयक कार्याशाला गोष्ठीमा संविधान प्रदत्तत नागरिकका मौलिक हक अन्तरगत रहेको सूचनाको हकलाई व्यवहारिक रूपमा लानुपर्ने बताएको छ । नागरिकको पहिलो सरकारको रूपमा रहेको वडा कार्यालयबाट प्रवाह हुने सेवा तथा सरोकारको विषय राख्ने सूचनाहरू नागरिकको पहुँचमा पु¥याउन जनप्रतिनिधि र कर्मचारीबीच समन्वयको आवश्यक रहेको बताएको छ ।

जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त सहभागीतामा सञ्चालित उक्त गोष्ठीको सहजीकरण गराउँदै सूचना अभियन्ता तथा प्रारम्भ खबरका सम्पादक भिम लामाले सुशासन र जवाफदेहीता लोकतन्त्रको मेरूदण्ड रहेको बताए । पहिलो सरकारको रूपमा स्थानीय तह भएकाले नागरिकको दैनिकी जीवनसंग जोडिएको सूचना सार्वजनिक गर्नुपर्ने बताए । जनप्रतिनिधि र कर्मचारीले आफ्नो कामप्रति उत्तरदायि हुन आवश्यक रहेको औल्याउँदै योजना संकलनमा नागरिको राय तथा सुझावलाई प्राथमिकतामा राख्नुपर्ने बताए । सूचनालाई छिटो, सरल, गुणस्तरीय र भेदभावरहित प्रवाह गराउन तालिमप्राप्त सूचना अधिकारीको व्यवस्था गर्नुपर्ने बताए ।
त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा ८ का अध्यक्ष नन्दलाल श्रेष्ठले सूचनामैत्री वडा बनाउने अभियानमै रहेको बताए । सूचनाको हकसम्बन्धि अभिमूखीकरण कार्यक्रमलाई निरन्तरता दिदै नागरिकको सूचना पाउने अधिकारलाई सहज बनाउने प्रतिबद्धतता गरे । सूचना प्रवाहका लागि सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै लाने बताए । वडाबाट भएका निर्णय, बजेट, योजना तथा खर्च बारे सूचनाहरू सार्वजनिक गराउँदै आएको बताए ।

गोष्ठीमा सूचनाको प्रकार र सूचना विश्लेषणका साथै सूचना मागकर्ताको प्रक्रिया, सूचनादाताको कर्तव्यबारे चर्चा गरिएको थियो । नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ ले हरेक नागरिकलाई सार्वजनिक चासोका विषयामा सूचना माग्न र पाउने अधिकार सुनिश्चित गरिएको छ । जसअनुसार राज्यका हरेक निकायबाट हुने गरेको गतिविधिलाई पारदर्शीता र जवाफदेही बनाउन यो ऐनले सहयोग पु¥याएको छ ।

