सुनुवार राष्ट्रसेवक समाजको दोस्रो स्मारिका विमोचन

असार १३, काठमाडौं । सुनुवार राष्ट्रसेवक समाजको विमोचन गरिएको छ।

काठमाडौंको अनामनगर स्थित युनियन हाउसमा आयोजित कार्यक्रममा प्रदीप कुमार सुनुवार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवार ले राज्य तथा राष्ट्र निर्माणमा सुनुवार समुदायका राष्ट्रसेवक कर्मचारीहरूको योगदान महत्त्वपूर्ण रहेको बताए। समाजद्वारा प्रकाशित दोस्रो स्मारिकाले समुदायका योगदान, अनुभव, इतिहास तथा सिर्जनात्मक गतिविधिलाई दस्तावेजीकरण गर्ने उद्देश्य राखेको उनको भनाइ थियो।

प्रमुख अतिथि मन्त्री प्रदीप कुमार सुनुवारले सरकारी सेवामा रहेका सुनुवार समुदायका कर्मचारीहरूले इमानदारी, जिम्मेवारी र समर्पणका साथ कार्य गर्दै समाज तथा राष्ट्र निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताए। उनले आगामी दिनमा पनि समुदायको प्रतिष्ठा अझ उँचो बनाउन निष्ठापूर्वक काम गर्न सबैलाई आग्रह गरे।
यसै अवसरमा समाजका संस्थापक सदस्य महन बहादुर सुनुवार लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

सोही अवसरमा कवि तारादेवी सुनुवारको ‘चिर्मा’ कविता सङ्ग्रह पनि सार्वजनिक गरिएको थियो। कृतिबारे बोल्दै उनले ‘चिर्मा’ आफ्नै समाजलाई बुझ्ने, पढ्ने र अनुभूति गर्ने क्रममा सिर्जना भएका कविताहरूको सङ्ग्रह भएको बताइन्।

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै कवि अमरदीप सुनुवारले ‘चिर्मा’ ले सुनुवार समुदायको भाषा, संस्कार, संस्कृति र सामाजिक जीवनका विविध पक्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको बताए। उनका अनुसार कृतिमा पुरुषसत्तात्मक समाजमा विद्यमान सामाजिक तथा सांस्कृतिक विकृति, विसङ्गति र विभेदविरुद्ध सशक्त आवाज उठाइएको छ। यस्ता सिर्जनाले समुदायको पहिचान, भाषा र संस्कृतिको संरक्षण तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.