सहायक सिडियो खानामा शङ्खे किरा परेपछि रोयल कटेजलाई ५० हजार जरिवाना

असार ११, काठमाडौँ ।  पश्चिम नवलपरासीको बर्दघाट २ चिसापानीस्थित रोयल कटेज प्रा. लि . लाई ५० हजार जरिवाना तिराइएको छ । बर्दघाट नगरपालिकाका वडाहरुलाई बालमैत्री घोषणाका लागि अनुगमनमा निस्किएको टोलीले अनुगमनपश्चात उक्त होटलमा खाने क्रममा सहायक सिडियो एवम् जिल्ला अनुगमन समिति संयोजक पोषणराज भण्डारीको खाना (साग)मा शङ्खे किरा भेटिएको थियो ।

आजै होटलको अनुगमन गरिएको र अनुगमनका क्रममा खाद्य स्वच्छतासम्बन्धी मापदण्ड उल्लङ्घन भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय लगायतको संयुक्त अनुगमन टोलीद्वारा ५० हजार जरिवाना गरिएको सहायक सिडियो भण्डारीले जानकारी दिए ।होटलमा प्रयोग भैरहेका खाद्य सामग्री र खानासमेत अस्वस्थकर पाइएको बताईएको छ ।

भण्डारीले खाद्यसँग जोडिएको होटल तथा खाद्य व्यवसाय सञ्चालन गर्दा उपभोक्ताको स्वास्थ्य जोडिने भएकोले सरसफाइ र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरिएको बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.