आइतबार विदाको दिन पनि ओपीडी सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

सरकारले कर्मचारीलाई शनिबार र आइतबार गरि दुई दिन बिदा दिए पनि बिरामीको चाप र स्वास्थ्य सेवाको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सातै प्रदेशका अस्पतालहरुलाई निर्देशन दिएको हो ।

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै सरकारी अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गरेका थिए । तर, टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू आइतबार अस्पताल पुगेर रित्तो हात फर्किनुपर्ने अवस्था सिर्जना भयो । जनस्तरबाट चर्को आलोचना भएपछि मन्त्रालयले बीचको बाटो रोजेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कामको भार र उपलब्ध जनशक्तिको व्यवस्थापन गरेर आइतबार पनि अनिवार्य रूपमा ओपीडी सेवा उपलब्ध गराउनू ।’ मन्त्रालयले अस्पताल प्रशासनहरूलाई केही विकल्प समेत दिएको छ, जसमा आइतबार ड्युटी गर्ने कर्मचारी वा चिकित्सकलाई शनिबार बाहेक साताको अन्य कुनै दिन सट्टा बिदा दिने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

बिरामीको चापलाई मध्यनजर गर्दै सिफ्ट अनुसार चिकित्सक र स्वास्थ्यकर्मी खटाउन मन्त्रालयले निर्देशन नै दिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.