सरकारले तोकेको पारिश्रमिक दिन नर्सिङ संघको आग्रह

काठमाडौं । नेपाल नर्सिङ सङ्घले नर्सहरूको पारिश्रमिक सरकारले तोकेको पाँचौँ तह बराबर सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । सङ्घले स्वास्थ्य सचिव डा। विकास देवकोटालाई ज्ञापनपत्र बुझाउँदै मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह गरेको हो ।

कास्कीको मणिपाल मेडिकल कलेजमा न्यून पारिश्रमिकको विरोधमा नर्सहरू आन्दोलनमा उत्रिएपछि सङ्घले यो कदम चालेको हो । सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले निजी अस्पताल र मेडिकल कलेजहरूले मन्त्रालयको निर्देशन अटेर गरेको बताइन् । उनले मन्त्रालयले एक वर्षअघि गरेको निर्णय कार्यान्वयनमा चासो नदिएको आरोप लगाउँदै नर्सहरूको श्रम शोषण भइरहेको र आन्दोलन गर्नुपरेको बताइन् ।

सङ्घले यस विषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । मन्त्रालयले २०८१ मङ्सिर २७ मा सचिवस्तरीय निर्णयमार्फत नर्सहरू र अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक र सुविधा सरकारी स्तरमा लागू गर्न निर्देशन दिएको थियो । मणिपाल मेडिकल कलेजमा कार्यरत ७८ नर्सहरू एक सातादेखि आन्दोलनरत छन् । उनीहरूले न्यून पारिश्रमिकको विरोधमा ओपीडी र प्रशासनमा तालाबन्दी गरेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.