दसैँमा मासु कति र कसरी खाने ? यस्तो छ चिकित्सकको सुझाव

चितवन । आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ ।

चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफँैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको भनाइ छ ।

हानिकारक छ । बोसोरहित मासु कम खानुपर्छ ।’

चाडपर्व भन्नासाथ हामी हर्षोल्लासका साथ मनाउँछौँ, तर खानपिन र आहारविहारमा लापरबाही गर्ने चलन छ । अर्को कुरा, धेरै बिरामीहरू आफू मरणासन्न नहुँदासम्म अस्पताल वा स्वास्थ्य केन्द्रमा नजाने, सहेर बस्ने गर्छन् । खासगरी घरमा सबैजना जम्मा भएको बेला अरूलाई ‘डिस्टर्ब’ हुन्छ भनेर आफूलाई बेसरी छाती दुखे पनि वा श्वास फेर्न गाह्रो भए पनि सहने चलन छ, जसले गर्दा मुटु रोगीको जोखिम बढ्न जान्छ । यसबाहेक, यो बेला शारीरिक परिश्रम पनि बढ्छ र खानपिनका कारणले स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्न सक्छ, जसले गर्दा रोगले च्याप्न सक्छ ।

चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीले मुटुरोग भन्नेबित्तिकै प्रेसर (हाइपरटेन्सन), सुगर (मधुमेह) र हाई कोलेस्ट्रोल (डिस्लिपिडिमिया) जस्ता रोगसँग जोडिने बताउँदै मुटु रोगसँगै सुगर, प्रेसर वा चिल्लोको मात्रा बढी भएको समस्या छ भने, तिनीहरूले खानपानमा अत्यन्तै सावधानी अपनाउनुपर्ने सुझाव दिए ।

उनले भने, ‘यदि शुद्ध मुटुरोग मात्र छ र मुटु कमजोर छैन भने अरू बिरामीको जस्तो साधारण खानपिनमा धेरै बार्नु पर्दैन ।’ सामान्यतया, हामीले मुटु रोगीलाई चिल्लो र मासु धेरै नखान सल्लाह दिने गरेको उनको भनाइ छ । उनले भने, ‘धेरै चिल्लोले मुटुलाई असर गर्न सक्छ र पाचन शक्तिमा गडबडी ल्याउन सक्छ । पेट फुल्यो भने पनि त्यसले अप्रत्यक्ष रूपमा मुटुको कामलाई असर गर्न सक्छ ।’

उनले दसैँमा खान र रमाउन सुझाव दिँदै स्वस्थकर खाना थोरै खान आग्रह गरे । उनले भने, ‘चिल्लो, छाला र बोसो नभएको मासु थोरै खान हुन्छ । मासु छुँदै नछुने वा जिब्रोको स्वादलाई ध्यानै नदिने भन्ने कुरा सामाजिक सञ्जालमा चर्चा पाए पनि, थोरै खानाले केही असर हुँदैन ।’ मधुमेह नियन्त्रणमा छ भने दिनमा एउटा वा दुईवटा मिठाइ खाँदा फरक नपर्ने उनको सुझाव छ । (रासस)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.