असोज ६, काठमाडौं। स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा नियुक्ति नपाउँदै विवादमा परेकी छन् ।
प्रधानमन्त्री सुशिला कार्कीले डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेपनि उनी स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा मुछिएको विषय बाहिर आएपछि उनको नियुक्तिको सम्भावना टरेको बुझिएको छ । प्रधानमन्त्री कार्कीले मिश्रको नियुक्ति गर्न रोकेको बुझिएको छ । उनले अब स्वास्थ्यमन्त्रीमा सिफारिस मिश्रमाथि लागेका आरोपको विषयमा थप बुझेर निर्णय लिने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

