असोज १३, काठमाडौं । वर्षा सिवाकोटी र जीवन भट्टराई फिचर म्युजिक भिडियो तारा खसेछ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको म्युजिककल भिडियोलाई निर्देशन भने प्रकाश धितालले गरेका हुन् । सोहन घिमिरेको स्वर ,शब्द र संगीत रहेको गीतमा बुद्ध स्यान्वाको एरेन्ज रहेको छ ।
अफ्सन मिडीया एण्ड ईन्टरटेन्मेन्टले निर्माण गरेको म्युजिक भिडियोलाई किर्तीपुरमा खिचिएको हो । भिडियोमा उत्सब दाहालको छायाँकन , निसान घिमिरेको सम्पादन र सुरेन्द्र बसेलको नृत्य निर्देशन समाबेश गरिएको छ ।
हेर्नुहोस भिडियो

