वैशाख २४, काठमाडौँ । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध ह्यात ग्राउन्डमा २५६९ औँ बुद्ध जयन्ती मनाइने भएको छ ।
आउँदो वैशाख २९ गते श्री बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा ७७ वटा स्थानीय संघसंस्थाको मूल आयोजक कमिटी बनाएर कार्यक्रम गरिने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । ‘बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्नेर नारासहित विविध कार्यक्रम गरि एकताको सन्देश दिन खोजिएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले पत्रकार सम्मेलनमा बताए । विकास समितिले यस पटक स्थानीय संघसंस्था र बौद्ध धर्म सम्बन्धी सरोकार राख्ने धार्मिक संस्थाहरूलाई आवद्ध गराएर उक्त समारोहमा करिव ५ हजार जनाभन्दा बढी संख्यामा उपस्थिति गराइने अध्यक्ष लामाले जानकारी दिए ।

समारोहमा बागमती प्रदेश सरकारका मूख्यमन्त्री बहादुर सिं लामाको प्रमुख आतिथ्यतामा निधिपति नाम्खा रिन्पोछे र क्याब्जे ज्याटुल रिन्पोछेको विशेष उपस्थिति रहने वुधबार आयोजित पत्रकार सम्मेलनमा बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले जनाए दिए । उक्त दिन शान्ति ¥यालीसहित बौद्ध महांकालबाट तिनचुली हुँदै महास्तूप परिक्रमा गरि ह्यात चौरमा पुगेर पूजापाठ, भगवान बुद्धको अस्तुधातु दर्शन, गुरू दर्शन र औपचारिक कार्यक्रम सहितको प्रवचन हुने कार्यतालिका तय भएको उनले जानकारी दिए ।

२९ गते विहान ८ः४५ बजे बौद्ध महांकाल चौरमा भेला भइ साँस्कृतिक झाँकी सहितको शान्ति ¥याली सुरू भइ तिनचुली हुँदै पवित्र बौद्धनाथ स्तूप परिक्रमा गरि ह्यात चौर कार्यक्रम स्थल पुगिने बताएको छ । कार्यक्रमको मूख्य आकर्षकको रूपमा भगवान बुद्धको अस्तुधातुको दर्शन, साँस्कृतिक झाँकी, नेपाली बाजागाजा, बौद्ध परम्परा र कलात्मक विरासतको प्रदर्शन, निधिपति नाम्खा रिन्पोछेको दर्शन, क्याब्जे जाटुल रिन्पोछेबाट आयु अभिषेक प्रदान तथा लामा गुरूबाट प्रवचन रहने आयोजकले जनाइएको छ ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि उप समितिहरू गठन गरेको छ । शान्ती सुरक्षा, ट्राफिक ब्यबस्थापन लगायत अन्य विभिन्न समितिहरु रहको छ ।

