किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह

माघ २०, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामाले नगरभित्रका हरेक किशोरीहरूलाई एच.पि.भी खोप लगाउन आग्रह गरेकी छन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म ल्याएको सो अभियानलाई कार्यन्वयन गराउन नगरपालिका भित्र अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई खोप लगाउने कार्यमा सहभागी गराउन शिक्षक तथा अभिभावकहरूलाई आग्रह गरिन् । विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरूले पनि उक्त अवसर प्राप्त हुने उपमेयर लामाले बताईन् । खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट सुरक्षित गर्ने भएको हुँदा किशोरीहरूलाई नछुट्याइ उक्त खोप अभियानमा सहभागी गराउनुपर्ने बताइन् ।

विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको यो खोप गुणस्तरयुक्त र प्रभावकारी रहेको हुँदा कुनै पनि भ्रममा नपरी खोप लगाउन नगरपालिका उपमेयर सान्नानी लामाले सन्देश प्रवाह गरिन् । एच.पि.भी खोप विश्व स्वास्थ्य संगठन सन् २००६ मा प्रमाणित गरि प्रयोगमा ल्याएको जनाएको छ । हाल विश्वका १४५ देशहरूले खोपको प्रयोग गरिहरेको बताएको छ । नेपाल हरेक दिन ४ जना महिलाको पाठेघर क्यान्सरबाट मृत्य हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाइएको छ । एच.पि.भी खोप प्रारम्भिक किशोरावस्थामा लगाएको प्रभावकारी रहेको बताइन्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.