सन्तोष श्रेष्ठ धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त

मंसिर १०, काठमाडौं । सरकारले नेपाल धितोपात्र बोर्डका अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल ०८० पुसमा सकिएपछि बोर्ड करिब १ वर्षदेखि अध्यक्षविहीन थियो । धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.