असोज ९, काठमाडौं । राजधानीको उत्तरीपूर्वी भेग काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा– १ का अध्यक्ष राम मानन्धरसंग प्रारम्भ टिभीले गरेको कुराकानीमा सुन्दरीजल क्षेत्रलाई थप पर्यटनमैत्री बनाई आर्थिक रुपमा समृद्ध बनाउने बताए । उनले विकासका पूर्वाधारहरुमा ओख्रेन मूलखर्कसम्म मोटरबाटो सुचारु गरिसकेको बताउँदै स्थानीय जनताहरुलाई आर्थिक रुपमा बलियो बनाउन नयाँ ढंगले गृहकार्य गरिरहेको बताए । त्यस क्षेत्रमा पर्यटन व्यवसायका लागि होमस्टेदेखि लिएर आधुनिक कृषिमा जोड दिन योजना बनाईसकेको बताए ।
आर्थिक वृद्धिका लागि कृषिलाई प्राथमिकता दिदैं युवाशक्तिहरुलाई सीपमूलक तालिमहरु प्रदान गर्दै आईरहेको बताए । जनताको भावनाअनुरुप आवश्यकतालाई हेरि सामाजिक, शैक्षिक र भौतिक विकासमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धतता व्यक्त गरे । २१ रोपनी जग्गामा फुटबल मैदान बनाउन बजेट समेत छुटयाईसकेको र काम दशै लगतै सुरु हुने बताए । उनले अध्यक्ष मानन्धरले सुन्दरीजल क्षेत्रमै उच्च शिक्षाका लागि क्याम्पस स्थापना गर्ने योजना समेत योजनामा राखेको बताए ।

