मेलिनाको गीतमा अभिनेत्री प्रियंकाले मर्काईन कम्मर हेर्नुहोस (भिडियो सहित)

असोज ५, काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘ए कालु’ बोलको डान्सिङ नम्बर गीतमा अभिनेत्री प्रियंका कार्कीले कम्मर मर्काएकी छिन् ।

अहिले सिनेमा र संगीतमा दुबै चल्तापूर्जा नाम हुन् । त्यसो त प्रियंका म्युजिक भिडियोसँगै फिल्ममा पनि समानन्तर जमिरहेकी छिन् । यही सातादेखि उनी अभिनित फिल्म पनि हलमा लाग्दैछ । यता फिल्मकै पाश्र्व गायनमा मेलिनाको उच्च माग छ । अतः यो गीतले भने मेलिना र प्रियंकालाई एकै थलोमा ल्याइपुर्‍याएको छ । गीतमा मेलिनालाई सरोज ओलीले साथ दिएका छन् ।

यो गीत चन्द्र घिमिरेको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोको छायांङ्कन सुदिप बरालले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.