चिनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

जेठ ८, काठमाडौँ । उत्तरपूर्वी चिनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोईलाखानी कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो । सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ । प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.