स्वास्थ्य संस्थाबाट अल्ट्रासाउन्ड र एक्सरे मेसिन बरामद

भदौ २९, वीरगञ्ज । प्रहरीले बाराको कलैयामा सञ्चालित स्वास्थ्य संस्थामा छापा मारी अल्ट्रासाउन्ड, एक्सरेलगायत उपकरण बरामद गरेको छ ।

प्रहरीले कलैया उपमहानगरपालिका–६, स्थित कलैया अस्पताल अगाडि सञ्चालित हकिम फर्मेसी, आदित्य प्याथोलोजी सेन्टर र एभरेष्ट अल्ट्रासाउण्ड सेन्टरबाट २ थान अल्ट्रासाउन्ड र १ थान एक्सरे मेसिन बरामद गरेको हो । अनधिकृत रुपमा सेवा प्रवाह गरेको पाइएपछि प्रिन्टर, ल्यापटपलगायत कागजातहरु समेत प्रहरीले बरामद गरेको छ । बाराका प्रहरी प्रवक्ता नायब उपरीक्षक रञ्जितसिंह राठौरले अनधिकृत सेवा प्रवाह गरेको पाइएपछि अल्ट्रासाउण्ड, एक्सरेलगायतका उपकरण बरामद गरिएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक राठौरका अनुसार २ स्वास्थ्य संस्थाले अल्ट्रासाउण्डका लागि योग्य चिकित्सक राखे पनि इजाजत नलिएको भेटिएको छ । बरामद गरिएको समान आवश्यक कारबाहीका लागि कलैया उप–महानगरपालिकाको स्वास्थ्य शाखामा पठाइएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.