चैत ३०, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ स्थित मुलपानीमा वेलकम रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालनमा आएको छ ।
शुक्रवार एक विशेष समारोहका साथ च्वास्स झोल मःम सहितको सो रेष्टुरेन्ट एण्ड क्याफे सञ्चालनमा ल्याएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रकाश फुयाँलको प्रमुख आतिथ्यतामा नेपाली काँग्रेस महासमिति सदस्य सार्कीमान लामा, काँग्रेस नेता चन्द्र लामा, वडा सदस्य कपिल खनाल, स्थानीय समाजसेवी कृष्णप्रसाद सापकोटा लगायतको उपस्थितिमा सो क्याफेको उद्घाटन गरेको हो ।

पारिवारिक वातावरणमा साँस्कृतिक सम्पदा चाँगुनारायाण सहितको दृश्य अवलोकन गर्न सक्ने गरि संरचना तयार पारिएको सो क्याफेमा विभिन्न स्वादिस्ट परिकारहरू उपलब्ध गराउने सञ्चालक जीवन लोप्चनले बताए । विभिन्न परिकारसंगै सांगीतिक वातावरण दिएर ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने बताए । शान्त वातावरणमा आराम गर्दै खाजा, खाना, चियासंगै च्वास्स झोल मःम को स्वादमा आफ्नो गन्तव्य तयार गर्न सकिने उनको दावी छ ।

करिव १५ जना कर्मचारीलाई रोजगार प्रदान गर्दै सुरूवात गरेको सो व्यवसाय निकट भविश्यमा अन्य क्षेत्रमा समेत शाखा विस्तार गरिने बताए । कार्यक्रममा व्यवसाय सफलताको शुभकामना दिदै वडाध्यक्ष प्रकाश फुयाँलले वडाभित्र सञ्चालनमा आएको व्यवसायीहरूलाई प्रोत्साहन दिने बताए । व्यवसाय सञ्चालनमा आइपर्ने समस्यालाई समाधान गर्न वडाले आवश्यक सहयाृग गरिने प्रतिवद्धतता गरे । त्यस्तै नेता सार्कीमान लामाले रोजगार सिर्जना गर्नु आफैमा ठूलो विषय रहेको बताउँदै स्वदेशमा व्यवसाय सञ्चालन गर्नेलाई राज्यले सहयोग तथा सहजीकरण गर्दै जानुपर्ने बताए ।


