भदौ २६, काठमाडौं । डिमान्डेड अभिनेतामा गनिएका नायक प्रदिप खड्का नयाँ फिल्म लभ स्टेशनमा गायक बन्ने खवर बाहिरीएको छ ।
हालै प्रदर्शनमा आएको फिल्म रोजमा प्रदिप क्रिमिनल अवतारमा देखिएका छन जुन अभिनयलाई दर्शकहरुको मिश्रित प्रतिक्रिया आइरहेको छ ।यसअघि फिल्म लिलिबिलीमा प्रदिप नायिका जसीता गुरुङसँगको जोडीमा बाँधिएका थिए जुन धेरै दर्शकहरुले मन पराएका थिए । जसका कारण तिनै नायिका जसीता गुरुङलाई लिएर प्रदिप पूनः आफै नायक तथा निर्माता रहने गरी फिल्म लभ स्टेसन बन्ने भएको छ र यसै फिल्ममा प्रदिपले गीत गाउने भएका हुन ।खवर अनुसार फिल्ममा अर्को नायिकामा साम्राज्ञीलाई पनि अफर गरीएको छ ।
प्रेम कथामा आधारीत हुने यस फिल्मलाई वडा नं ६ निर्माण गर्ने निर्देशक उज्वल घिमिरेले निर्देशन गर्ने भएका छन ।

