‘इविजा फेसन नाइट २०१८’ सम्पन्न

भदौ २५, काठमाडौ । ठमेलको नसिङचोकस्थित ‘इवीजा लाउन्ज’ मा ‘इविजा फेसन नाइट २०१८’ सम्पन्न भएको छ । गत शनिबार साँझ सम्पन्न शोमा इवीजा लाउन्ज फेसनमय बनेको थियो ।

‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शिर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएको थियो ।विन्टर सिजनको अन्त्यसँगै आयोजना गरिएको ‘इविजा फेसन नाइट २०१८’ को सजावटले उपस्थित सबैलाई लोभ्याईरहेको थियो । डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, समिक्षा मानन्धर, सुचिना श्रेष्ठ र र्याम्प फेसन स्टोर लगायतले तयार पारेका उत्कृष्ट डिजाइनहरुलाई १२ महिला तथा ४ पुरुष मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए । अभिनेत्री स्वस्तिमा खड्का, अन्तर्राष्ट्रिय मोडल तथा इन्डियाज नेक्स्ट टप मोडलकी फष्टरनर अप सविता कार्की शो टपर रहेको फेसन शो श्रृजना रेग्मीको कोरियोग्राफीमा सम्पन्न भएको थियो । २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले सो सञ्चालन गरेकी थिइन् ।इवीजा लाउन्ज एण्ड बारको आयोजना र नेक्स्ट मोडल्स नेपालको ब्यवस्थापनमा आयोजित फेसन शोले नेपाली फेसन जगतलाई थप उचाही प्रदान गर्न मद्दत पुग्ने आयोजकको भनाई रहेको छ ।

फेसन शो मार्फत नेपाली पहिरन तथा नेपाली मोडलिङ क्षेत्रलाई उचाहीमा पुर्याउन इवीजा फेसन नाइट २०१८ सहायक सिद्ध हुने इवीजा लाउन्जका कार्यकारी निर्देशक राजु दनइले बताए । अभिनेत्री सन्ध्या केसी, अभिनेता तथा अन्तर्राष्ट्रिय मोडल प्रशान्त ताम्राकार, अभिनेता नाजिहर हुसेन लगायत विभिन्न चर्चित सेलिब्रेटीको कार्यक्रममा सहभागीता रहेको थियो । क्रियटिभ स्टेज, अन्तर्राष्ट्रिय स्तरको सजावट र फेसन पारखीको उपस्थिति रहेको फेसन शो ले सिंगो मोडलिङ जगतलाई समेत उचाई थपेको फेसन शो व्यवस्थापन जिम्मा लिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाले जानकारी दिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.