‘छिरिङ्ग’को ट्रेलर रिलिज

भदौ २५, काठमन्डौ ।अभिनेता तथा गायक यश कुमारको निर्देशकिय डेब्यू ‘छिरिङ’ को ट्रेलर रिलिज भएको छ ।

आइतवार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मले बहुपतिप्रथाको कथा भन्छ । नव-नायिका कामना भुजेलसँग दुई अभिनेता तथा गायक यश र निमा रुम्बाले रोमान्स गरेका छन ।

फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्म खिचिएको हो ।सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र यम थापाले मिलेर लेखेका हुन ।

‘छिरिङ्गं मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.