पुँजी बजारका लागि चाँडै खुशीको खबर आउँछ : बोर्ड अध्यक्ष

असोज १८, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुँजी बजारका लागि चाँडै खुशीको खबर आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र बोर्डबिच लगानी सचेतना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै अध्यक्ष हमालले केही दिनभित्रै लगानीकर्ताले खुशीको खबर सुन्न पाउने बताएका हुन् ।

लगानीकर्ताको मनोबल उकास्न आफूले बित्तीय ब्यवस्थापन समितिको बैठकमा पुँजी बजारका लगानी कर्ताको मनोबल उकास्ने प्रस्ताव लिखित रुपमा दर्ता गराएको पनि उनले जानकारी दिए । अध्यक्ष हमालले भने, ‘मैले वित्तीय ब्यवस्थापन समितिको बैठकमा पुँजी बजारका लगानी कर्ताको मनोबल उकास्ने प्रस्ताब लिखितरुपमै दर्ता गरेको छु, नेपाल राष्ट्र बैंकका गभर्नर साबसँंग पनि छलफल गरेको छु, केही दिनमै खुसीको सन्देश आउँछ ।’ उनले नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटेर सेयर धितो कर्जाको ब्यक्तिगत सीमा १२ करोडबाट वृद्धि गर्नुपर्ने र संस्थागत लगानी कर्ताका लागि त्यस्तो सीमा हटाउने पर्नेबारे छलफल गरेको पनि बताए ।

अध्यक्ष हमालले आफ्नो प्रस्तावमा गभर्नर सकारात्मक रहेको बताए । हकप्रद सेयर जारी गर्दा बजार वृद्धि हुने अनौठो अवस्था नेपालको पुँजी बजारमा देखिएको उनको भनाइ छ । अध्यक्ष हमालले भने, ‘नेपालमा हकप्रद सेयर जारी गर्दा सेयरको मुल्यवृद्धि हुन्छ, संसारका अरु देशमा हकप्रद सेयर दिँदा मूल्यमा गिरावट आउँछ । एक सय रुपैयाँको लगाउने भनिएको कम्पनीमा अर्को सय रुपैयाँ लगानीमा गर्दा पनि बजार बढ्ने कुरा अनौठो हो ।’

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.