भदौ १९, काठमाडौँ । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरको सहकार्यमा नेपाल महिला चेम्वरको सदस्य तथा कलाकार रिशिका जालानबाट सृजना गरिएको चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।

शिद्धार्थ आर्ट ग्यालेरी बबरमहलमा भाद्र १६ देखि १८ गते सम्म चलेको उक्त प्रर्दशनी नेपाल महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाबाट समुद्घाटन गरेकी थिइन् । उक्त अवसरमा चित्रकलाले मानवीय संवेग तथा सामाजिक रुपान्तरणको लागि सन्देश प्रवाहित गर्ने भएकोले यसको महत्व रहेको बताईन् ।
महिला आयोगले महिला कलाकारको क्षमता बिकासका निमित्त बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको वताउनु हुंदै महिला कलाकार श्री रिशिका जालानद्वारा प्रदर्शित उनको चौथो संस्करणका चित्रकला प्रदर्शनीको सफलताको कामना गरेकी थिइन् । सो कार्यक्रममा नेपाल महिला चेम्वरका महासचिव श्री लिमा अधिकारी तथा कला प्रेमीहरुको उपस्थित रहेको थियो ।

