भदौ १, काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप पाँच कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिएको छ । बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकबाट ती कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स दिने निर्णय गरिएको हो ।
सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सनी सेक्युरिटिजले ब्रोकर लाइसेन्स पाएका हुन् । यी समेत गरी अहिलेसम्म ३७ कम्पनीले ब्रोकर लाइसेन्स प्राप्त गरेका छन् ।

