साउन ३, काठमाडौं । काठमाडौंको गोठाटारमा “हाम्रो साना क्याफे” सन्चालनमा आएको छ । सो क्याफे आइतवार युवा व्यवसायीहरू, पत्रकार तथा परिवारका साथ उद्घाटन गरेका हुन् ।
शान्त पारिवारिक वातावरणमा स्वस्थ र स्वादिष्ट खानाका लागि ताजा परिकारसहित सेवा प्रदान गर्ने उद्देश्यले क्याफे सञ्चालन गरिएको सञ्चालक युवा व्यवसायी एम. के. गुरूङले बताएका छन् । तनावमुक्त घर, स्वस्थ मानसिक विकास र सुदृढ सम्बन्धको आधार निर्माणलाइ केन्द्रविन्दूमा राखेर व्यवसाय सञ्चालनलाई प्राथामिकता दिएको बताए ।

दुबाइमा दुइवटा व्यवसाय सञ्चालन गर्दै आएका उनी स्वदेशी भूमीमा आफ्नो सीप, क्षमता र अनुभवलाई प्रस्तुत गर्दै रोजगार सिर्जना गर्ने उद्देश्यले क्याफे सञ्चालन गरेको बताए । हाल गोठाटार पहेँलो पुल नजिकै सञ्चालनमा ल्याएको ‘हाम्रो साना क्याफे’ मार्फत १५ जनालाई रोजगारीको व्यवस्था गरिएको बताए । क्याफेमा दक्ष जनशक्तिमार्फत पँहुनालाई सेवा प्रदान गरिने बताउँदै खुल्ला, स्वच्छ हावासहितको वातावरणमा आफ्नो परिवार र साथीभाइसंग स्वादिष्ट परिकारसंग रमाउन सकिने बताए ।

झापामा जन्मिएका एम. के. गुरूङ विगत १५ वर्ष मलेसिया र दुबाइमा रोजगारको शिलाशिलामा कार्यरत रहदा प्राप्त अनुभव र सीपलाई नेपाली जन्मभूमिमा पस्काउने लक्ष्य बोकेर व्यवसायको सुरूवात गरेको बताए । निकट भविश्यमा स्वादेशमै रोजगारी दिने र युवाहरूलाई विदेश जानबाट रोक्ने लक्ष्यसहित आफ्नो व्यवसायलाई झापा, पोखरा, धरान लगायत विधिन्न सहरमा विस्तार गरिने युवा व्यवसायी गुरूङले जानकारी दिए ।

उनले स्वदेशमै रोजगार सिर्जना हुनेगरी व्यवसाय सञ्चालन गर्दा राज्यले लगानीकर्तालाई प्रोत्साहन र सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताए । एम.के. गुरूङ आफै विभिन्न सामाजिक संघसंस्थाहरूमा आवद्ध भइ सामाजिक सेवामा समर्पित रहदै आएका छन् । उनले आफ्नो छोरी र श्रीमतिको नामलाई संयोजन गरेर “हाम्रो साना क्याफे” लाई देशव्यापी वृहत रूपले विस्तार गरिने बताए ।
क्याफेमा होम प्याकिङ तथा डेलिभरीको व्यवस्थासहित जन्मदिन मनाउन, पारिवारिक जमघट, सानो बैठक वा अन्य कार्यक्रमका लागि स्थान उपलब्ध रहेको छ । आवश्यक जानकारीको लागि मो. ९७०९१२७३०२ मा सम्पर्क गर्नसक्नुहुनेछ ।
क्याफे उद्घाटनका तस्बीरहरू



